Connect with us
Kapilvast Forest

वुमन्स टी–२० च्यालेन्ज खेलमा ट्रेलब्लेजर्सको शानदार जित

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

एजेन्सी- वुमन्स टी–२० च्यालेन्ज अन्तर्गत बिहीबार भएको खेलमा ट्रेलब्लेजर्सले भेलोसिटीमाथि शानदार जित हात पारेको छ ।पहिलो खेलमा सुपरनोभालाई पराजित गरेको भेलोसिटीमाथि ट्रेलब्लेजर्सले ९ विकेटको जित हात पारेको हो । आफ्नो पहिलो खेलमा जितपछि ट्रेब्लेजर्सले २ अंक जोडेको छ । २ खेल खेलेको भेलोसिटीको एक जित र एक हारपछि २ अंक नै छ ।

शारजहाँमा भएको खेलमा ४८ रनको सामान्य लक्ष्य ट्रेब्लेजर्सले ७।५ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । ट्रेलब्लेजर्सको लागि ओपनर डिएनड्रा डोटिनले अविजित २९ रन बनाउनु भयो । यस्तै रिचा घोष १३ रनमा अविजित रहनु भयो । कप्तान स्मृति मन्धाना ६ रन बनाएर आउटहुनु भयो । सुपरनोभाका लागि लेइघ कास्पेरेकले १ विकेट लिनु भयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भेलोसिटीले १५।१ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो । भेलोसिटीको लागि तीन खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । जसमा ओपनर सफाली बर्माले सर्वाधिक १३ रन बनाइन् भने शिखा पाण्डेले १० रन जोड्नु भयो । कास्पेरेक ११ रनमा अविजित रहनु भयो ।

भेलोसिटीको इनिङ्स ध्वस्त पार्ने क्रममा ट्रेलब्लेजर्सका लागि शोफी एस्सेलेस्टोनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिनु भयो । उहाँले ३।१ ओभरमा १ मेडन राख्दै ९ रन खर्चिनु भयो । यस्तै झुलन गोस्वामी र राजेश्वरी गायकवार्डले २–२ विकेट लिनु भयो ।

राउण्ड रोबिन लिग अन्तर्गत अन्तिम खेलमा शनिबार ट्रेलब्लेजर्स र सुपरनोभाबीच खेल हुनेछ । लिगको शीर्ष दुई टिमले सोमबार फाइनल खेल्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,