Connect with us
Kapilvast Forest

भारतलाई राष्ट्रपति भण्डारीको सन्देश :अब औपचारिक संवाद सुरु गरौँ

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

upadhii.jpg

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अवरुद्ध दुई देशबीचको औपचारिक संवाद सुरु गर्न भारतसँग आग्रह गर्नु भएको छ ।राष्ट्रपति भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाइ मानार्थ प्रदान गर्ने क्रममा उहाँले यस्तो सन्देश पठाउनु भएको हो  । नरवणेले पनि आफ्नो देशको राजनीतिक नेतृत्वसमक्ष सन्देश पुर्‍याउने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेलगत्तै नरवणेले उहाँसँग शीतलनिवासमा शिष्टाचार भेटवार्ता गर्नु भएको थियो  । त्यसक्रममा राष्ट्रपति भण्डारीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्ने, उच्चस्तरीय भ्रमण र संवाद निरन्तर हुनुपर्नेमा जोड दिनु भउको थियो । दुई देशबीच रोकिएको औपचारिक संवाद पनि चाँडै सुरु हुने विश्वास व्यक्त गर्नु भएको छ  ।

राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालका अनुसार सम्बन्ध थप सुदृढ गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइलाई समर्थन गर्दै भारतीय सेनाध्यक्ष नरवणेले यो सन्देश दिल्लीमा पुर्‍याउने जवाफ दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,