Connect with us
Kapilvast Forest

उद्योगी ब्यवसायीको हितको लागि मेरो उम्मेद्वारी : जमशेर

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी
धनगढी – नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्यका उम्मेदवार जमशेर अलि मियाले उद्योगी र ब्यवसायीको हितको लागि उम्मेदवारी दिएको बताउनु भएको छ । धनगढीमा आयोजित चुनावी प्रचारप्रसार सभामा बोल्दै मियाले देश विकासमा महासघंले गरेको योगदानलाई अझ प्रभावकारी बनाउने बताउनु भयो । चन्द्रौटा उद्योग वाणिज्य सघंका अध्यक्ष समेत रहेका मियाले वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्यानलबाट केन्द्रिय सदस्यको उम्मेद्बारी दिएको बताउदै ढकालको प्यानलले महासघंको मुहार फेर्ने जानकारी दिनुभयो ।

कैलालीको धनगढीमा चुनावी प्रचारप्रसार सभालाई सम्बोधन गर्दै आफु सानो व्यवसायी देखि कर्पाेरेट सबै उद्योगीहरुको समस्या राम्रोसंग बुझेको हुनाले आफु बिजयी भए नेपाल उद्योग वाणिज्य महासघंबाट सम्पुर्ण व्यवसायीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै चुनावी सभालाई सम्बोधन गर्दै अर्घाखाँची उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उद्योग वाणिज्य महासघंले आउनेदिनमा उद्योग जिल्ला नगरलाई ध्यान दिनुपर्ने बताउनुभयो ।महासंघको निर्वाचन अगामी मंसिर ११, १२ र १३ गते सम्म काठमाडौमा हुदै छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,