Connect with us
Kapilvast Forest

मुगुको चामल सुर्खेतमै गायब !

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

मुगु- मुगुका लागि ल्याउन लागिएको खाद्यान्न कर्णाली प्रदेशको राजधानी सुर्खेतमै गायब भएको छ । जिल्लाको उत्तरी भेग सोरु गाउँपालिकाको बिक्री केन्द्रका लागि आएको २ सय ५० क्विन्टल खाद्यान्न ठेकेदारको लापरबाहीका कारण सुर्खेत सुब्बाकुनाबाट गायब भएको हो ।

खाद्य संस्थानको चामल बिक्री गर्न लागिएको आशंकामा सुब्बाकुनाबाट सुर्खेत प्रहरीले ट्रकसहित चामल नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न गत बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको थियो ।

‘गाउँको चामल प्रदेश राजधानीमै गायब भएको खबर सुनेका छौं । दशैं जेनतेन चलायौं, अब तिहार कसरी मनाउने हो?’ –सोरु–८ का सोभुम बम बताउनुहुन्छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका निमित्त कार्यालय प्रमुख पुष्कर भामले यसबारे भर्खरै मात्रै सूचना आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो चामल कहाँबाट आएको हो, कति छ, जानकारीमा छैन ।’

सोरुमा चामल पु¥याउने जिम्मा सिद्धार्थ ढुवानी सेवाले लिएको थियो । ठेकेदारहरुले सम्झौता गरेबमोजिम २० दिनभित्र सम्बन्धित स्थानमा पुग्नुपर्छ । कर्णाली प्रदेशको विकट मुगुका स्थानीयले वर्षैभर खाद्यान्न अभाव भोगिरहेका हुन्छन् । बीच बाटोमै खाद्यान्न गायब भएपछि प्रहरीको सक्रियतामा छानबिन अगाडि बढाइएको भामले बताउनुभयो ।

ना६ख ५७२१ नम्बरको ट्रकमा रहेको २ सय ५० क्विन्टल चामल आपूर्तिकर्ता वासुदेव शर्माले भक्तपुर पठाउन लागेको जानकारीमा आएको अनुसन्धानमा संलग्न कर्मचारीले बताएका छन् । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,