Connect with us
Kapilvast Forest

वैध मतहरू मात्रै गणना गरे मात्र मैले सजिलै जित्छु : ट्रम्प

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

teump

बीबीसी- अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले जारी मतगणनामा ‘वैध मतहरू’ मात्र गणना गरिए आफूले सजिलै जित्ने दाबी गरेका छन्।

बिहीबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्।

‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु’ उनले भनेका छन्। राष्ट्रपति ट्रम्पले चुनावमा धादली भएको दोहो¥याउँदै यस्तो बताएका हुन्। उनले हुलाकमार्फत् गरिएको मतदान ‘एकतर्फी’ भएको समेत दाबी गरेका छन्।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले चुनावी मतदानअघि सञ्चारमाध्यमले गरेका जनमत सर्वेक्षणलाई ‘चुनावी हस्तक्षेप’को संज्ञा दिएका छन्।

संयमित हुन बाइडनको आग्रह
राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई सम्बोधन गर्नु पहिले डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ‘संयमित’ हुन आग्रह गरेका छन्।

‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उनले भने, ‘तर पक्रियाले काम गरिरहेको छ।’

यस्तै उनले प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिएका छन्। प्रत्येक मतको गणनापछि आफ्नो जित हुनेमा आफू ढुक्क रहेको बताएका छन्।

पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्। अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुनका लागि ५३८ इलेक्टरल कलेजका प्रतिनिधिमध्ये २७० इलेक्टरल प्रतिनिधि आवश्यक पर्छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,