Connect with us
Kapilvast Forest

राजनीतिक समस्यामा सक्रिय हुँदा राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लङ्घन : भीम रावल

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

bhim.jpg

काठमाडौं – सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीको राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय भएको भन्दै यसलाई पदको मर्यादा र गरिमाको उल्लङ्घनको संज्ञा दिनुभएको छ ।

आज बिहान ट्वीट गर्दै उहाँले पार्टीको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको हो ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ’ उहाँले उल्लेख गर्नुभएको छ,‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।

पार्टीभित्र विवाद चर्किएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम, बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शितल निवासमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,