Connect with us
Kapilvast Forest

पत्रकार सीतारामप्रसाद बर्माको निधन

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

धादिङ – धादिङका पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ ।उहाँको उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको हो । किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो ।

उहाँ केही दिनअघि कोरोना सङ्क्रमणबाट भने निको हुनुभएको थियो । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो ।

गोरखा पुर्ख्याैली थलो भएर धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाट अन्त्येष्टि गर्ने तयारी छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,