Connect with us
Kapilvast Forest

महालक्ष्मी नगरपालिकाले आईसीयूमा भर्ना हुनुपर्ने सङ्क्रमितलाई २५ हजार सहयोग गर्ने

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना सङ्क्रमणपछि आईसीयूमा भर्ना भएर उपचार गर्नुपर्ने बिरामीलाई उपचार खर्च सहयोग गर्ने भएको छ ।

आईसीयूमा नै उपचार गराउनुपर्ने बिरामीलाई उपचार खर्चका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख परशुराम नेपालले बताउनुभयो । धनकुटा अस्पतालमा आईसीयू नहुँदा बिरामीलाई उपचार गर्न धरान, विराटनगर, काठमाण्डौलगायतका अस्पतालमा पुर्याउने गरिएको छ ।

कोरोना सङ्क्रमण भएर आईसीयूको उपचार गर्न खर्चिलो हुने भएकाले राहतस्वरुप उपचार खर्च सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख नेपालले बताउनुभयो । त्यस्तै कोरोनाको लक्षणयुक्त सङ्क्रमितको पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएमा परीक्षण शुल्कमा ५० प्रतिशत रकम सहयोग गर्ने पनि निर्णय भएको छ ।

नगरपालिकाले आधा रकम व्यहोर्ने भएकाले सङ्क्रमण पुष्टि हुने महालक्ष्मी नगरपालिकाका बासिन्दाले आधा रकम मात्रै खर्च गर्नुपर्नेछ । सङ्क्रमण पुष्टि भएकालाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने र ज्यान गएमा शववाहन खर्चसमेत नगरपालिकाले नै व्यहोर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य सुवेदीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,