Connect with us
Kapilvast Forest

प्रचण्डले बोलाएको बैठकमा ओली पक्षका नेताको अनुपस्थिति

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

 

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ ।सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरुको उपस्थित छैन ।

प्रचण्डले आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको थियो । आज बोलाइएको बैठकमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहनु भएको छैन ।सचिवालयका प्रधामन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल र ईश्‍वर पोखरेल पनि उस्थिति जनाउनु भएको छैन ।

यसैबीच प्रचण्ड पक्षले आफ्नो समूहका भन्दै आएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ पनि बैठकमा सहभागीरहनु भएको छैन । केही दिनअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई पार्टी फुटतिर लैजान कुनै पनि क्रियाकलाप कसैले पनि गर्न नहुने मत राख्नु भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,