Connect with us
Kapilvast Forest

रुकुम पश्चिमबाट १२ केजी अफिमसहित २ जना पक्राउ

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

pakrau

दाङ-रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्तिलाइ पक्राउ गरेको छ ।जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं। ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० वर्षीय कालीबहादुर सिंहलाइ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शुक्रबार बिहान साढे ८ बजे पक्राउ गरिएको हो।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं। ९ राडी बजारस्थित धिरेन्द्र शाहको घरबाट उनिहरुलाइ पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष प्रहरी टोली, लागुऔषध ब्युरो सुर्खेतको टोली र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी नायब निरीक्षक तिलकबहादुर शाही सहितको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान र सोधपुछ भइरहेको प्रहरीले बताएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,