Connect with us
Kapilvast Forest

गोरखामा देउसी भैलो खेल्न प्रतिबन्ध

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

गोरखा -जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।कोराना भाइरस संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारको समयमा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।

तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भिड गर्ने काम नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गर्नु भएको छ ।

त्यस्तै जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम पनि नगर्न भनिएको छ ।

कुनै मेला आयोजना गर्ने, बजारमा भिड गर्ने काम नगर्न, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र बेला बेला साबुन पानीले हात धुन भनिएको छ ।

कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,