Connect with us
Kapilvast Forest

बाध्यकारी श्रमिकहरु तथा दलित भुमिहिनताको अवस्थाको बारेमा नितिगत अन्तर संवाद सम्मपन्न

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु-बाध्यकारी श्रमिकहरु तथा दलित भुमिहिनताको अवस्था र समस्या समाधानको उपाय सम्वन्धि नितिगत अन्तरसम्वाद कार्यक्रम सम्मपन्न भएको छ।राष्ट्रिय दलित नेटवर्कको आयोजना, राष्ट्रिय दलित मानव अधिकार निगरानी समिति र बाध्यकारी श्रम अन्त्यका लागि पैरवी समुहको सहकार्य र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५को सभाहलमा प्रदेश स्तरीय बाध्यकारी श्रमिकहरु तथा दलित भुमिहिनताको अवस्था र समस्या समाधानको उपाय सम्वन्धि नितिगत अन्तरसम्वाद कार्यक्रम सम्मपन्न भएको हो ।

कार्र्यक्रममा बोल्दै प्रदेश सांसद तथा र्काक्रमका प्रमुख अतिथिका रुपमा रहनु भएका प्रदेश सांसद दिर्घानारायण पाण्डेल भुमिहिनहरुको आधारभूत कुरा भनेकै भूमि भएकाले वास सगै रोजगारको ब्यस्था गर्न सके भुमिहिनको समस्या समधान हुने बताउनु भयो ।भुमिहिनहरुको भूमी सम्बन्धी समस्याहरु समाधान गर्न प्रदेश सरकार लागिरहेको प्रदेश सांरद दिर्घानारायण पाण्डेले बताउनु भयो । सुकुम्वासीको कानूनी परिभाषा गरिएको भए पनि नेपालको सन्दर्भमा यस्ता व्यक्तिहरूको पहिचान गर्ने निति नै उपयुक्त नभएकैकारण वास्तविक सुकुम्वासीहरूको पहिचान हुन नसकेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथिी नेत्रराज अधिकारीले देशको अर्थतन्त्रलाइ उजागर गर्ने अधिकांश किसानहरु भूमिहिन भएको बताउनु भयो । भूमिहिनहरुको समस्या समधान गर्न सकिएन भने देश बर्बाद तिर धकेलिने हुदाँ यथासिघ्र समधान खोज्नु पर्ने बताउनु भयो ।नगर प्रमुख अधिकारीले भू–उपयोगनीति बनेको तर कानूनको अभावमा कामलाई अगाडि बढाउन कठिनाई परेको बताउनु भयो ।

हामी सबैको एउटै मुद्धा र उद्देश्य भुमिहिनलाइ जग्गा मात्रै दिएर यो समस्या नहुने भएकाले भुमिहिनकालागि हरेक क्षेत्रमा औध्धौेगिकरण गरी रोजगारको सृजना गरी स्वरोजगार वनाउन सके केहि हदसम्म यो समस्या समधान हुने बताउनु भयो ।

दलित समुदायका नागरीकहरुको भुमिहिनहरुको समस्या दिर्घकालिन रुपमा रहेकोले यसको समधान गर्न सरकार लागि पर्न सके मात्रै नेपालमा आर्थिक समृद्धि हुने बताउनु भयो । देशको अर्थतन्त्र भुमी सँग जोडिएकाले भुमिहिनको समस्या समधानमा जोड दिन दलित मानव अधिकार निगरान समितिकि अध्यक्ष मिना परियारले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै आर्डियनका संयोजक गणेश वि क ले मुमिहिन नागरीकहरुमा खुसि ल्याउन सके मात्रै सुखि नेपाली समृद्ध नाराले सार्थक पाउने बताउनु भयो । बाध्यकारी समस्याको समधान नभए सम्म भुमिहिनहरुको समस्याको समधान नहुने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै बाध्यकारी श्रम अन्त्यका लागि पैरीवी समुहका संयोजक वलराम भट्रराइले राज्यले भुमिहिनको आवज नसुनेकै कारण यो अवस्थ सृजना भएको बताउनु भयो । यसको समधान गर्न सरकारले कदम चाल्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा अनुसन्धानकर्ता तथा कानुनि विधार्थी संजय कुमयर पासीले वाध्यकारी श्रमिकहरु तथा दलित भुमिहितको अवस्था र समस्या समधानको विषयमा प्रकाश पार्नु भएको थियो

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका केन्द्रिय सदस्य पार्वति आग्री ,शिवराज नगरपालिका वडा न५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,राष्ट्रिय मावन अधिकार प्रतिष्ठान कपिलवस्तुका विष्नु प्रसाद खतिवडा,सामाजिक अगुवा,पत्रकार, भुमिहिन वालवालिका लगायतको  उपिस्थति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,