Connect with us
Kapilvast Forest

कांग्रेस शीर्ष नेताको बैठक आज पनि निष्कर्षविहीन

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

congress

 

काठमाडौं-नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुटेन ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भए पनि ठोस निष्कर्ष ननिस्केपछि पुनः शनिबार (भोलि) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनु भयो ।

‘वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भयो तर निष्कर्ष निस्किएको छैन’, ‘शनिबार बस्ने अनौपचारिक बैठकले पौडेल समूहले उठाएका मागहरुलाई टुंगोमा पुर्‍याउने तयारी छ ।’बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफ्ना माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राख्नु भएको थियो ।

सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिनु भयो ।

बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेलाई सारिएको थियो ।

कांग्रेसभित्र विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृसंस्थाको पदावधिलगायत विषयमा लामो समयदेखि विवाद छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,