Connect with us
Kapilvast Forest

बैंगलोरलाई हराउँदै हैदरावाद क्‍वालिफायरमा

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

haidarwad.jpg

एजेन्सी-सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आइपीएल टी२० को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।शुक्रवार भएको एलिमिनेटर खेलमा रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदरावादले दोस्रोरो क्वालिफायरमा स्थान बनाएको हो ।

हैदरावादले अब फाइनल पुग्न पहिलो क्वालिफायरमा मुम्बईसंग पराजित भएको दिल्ली क्यापिटल्ससंग खेल्नेछ । पहिलो वालिफायरमा दिल्ली मुम्बईसंग ५७ रनले पराजित भएको थियो ।

लिग चरणको अन्तिम तन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हैदरावादले एलिमिनेटरमा बैगलोर विरुद्ध पनि सोही लयलाई काम राख्दै जित हात पारेको हो ।

बैंगलोरले दिएको १३२ रनको लक्ष्य हैदरावादले १९।४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । हैदरावादका लागि केन विलियम्सनले अर्धशतक प्रहार गर्नु भयो । उहाँले ४४ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा अविजित ५० रन कनाउनु भयो ।

मनिस पाण्डेले २४ रन योगदान गर्नु भयो । यस्तै ज्यासन होल्डरले अविजित २४ रन बनाउनु भयो । होल्डरले अन्तिम ओभरको तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै हैदरावादको जित पक्का गर्नु भएको थियो । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिनु भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको थियो । एबी डे भिलयर्सले अर्धशतक बनाउनु बाहेक बैंगलोरका लागि अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । डे भिलयर्सले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५६ रन बनाउनु भयो । यस्तै आरोन फिन्चले ३२ रन जोड्नु भयो । देवदत्त पाडिक्कलसंग ओपनिङ गरेका कप्तान विराट कोहली ६ रन मात्र बनाएर आउट हुनु भयो । पाडिक्कले १ रन मात्र बनाउनु भयो ।

हैदरावादका लागि उत्कृष्ट बलिङ गरेका ज्यासोन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिनु भयो । यस्तै टी नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिनु भयो । विकेटविहिन भएपनि किफायती बलिङ गरेका सन्दीप शर्मा र रासिद खानले क्रमश स् २२ र २१ रन खर्चिनु भएकाने थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,