Connect with us
Kapilvast Forest

कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं –नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पिसिआर परीक्षणमा ६ जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

कांग्रेसले कोरोना पुष्टि भएका केन्द्रीय सदस्य र सुरक्षाकर्मीको नाम भने खुलाएको छैन । यसअघि गत मंसिर १९ गतेका लागि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक लक्षित गरेर गरिएको परीक्षणका क्रममा पनि कांग्रेसका केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएको थियो ।

आजका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार केन्द्रीय सदस्य, उनीहरुका अंगरक्षक र चालकसँगै केन्द्रीय कार्यालयका कर्मचारीसहित ८२ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यस्तै आज बस्ने भनिएको बैठक आगामी सोमबारसम्मका लागि स्थगित गरिएको छ । बैठकका एजेन्डा तय गर्न बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पछि धकेलेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,