Connect with us
Kapilvast Forest

मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख, हल्लाको पछि नलाग्न आग्रह

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

Manoj-Gajurel_1603796474.jpg

काठमाडौं – वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले जनाएको छ।उक्त अस्पतालका प्रवक्ता डा। प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको बताउनु भएको हो।

’उहाँ आफै खाना खान सक्नुहुन्छ। चिकित्सक साथीहरुसँग मजाले बोलिरहनु भएको छ।उहाँलाई एक जनासँग मात्रै सम्पर्क गर्न दिएका छौं।मनोजलाई मीनाको पत्र स् तिमी हार मान्‍ने मान्छे होइनौं, छिट्टै निको भएर घर फर्कसामाजिक सञ्जालमा आएको हल्लामा कुनै सत्यता नरहेको पनि नेपालले बताउनु भयो । अस्पतालबाट आधिकारिक कुरा नआइ हल्लाको पछि लागेर अफवाह नफैल्याउन पनि नेपालले आग्रह गर्नु भएको छ।

कात्तिक १० मा कोरोना पुष्टि भएपछि गजुरेल घरमै आराम गरिरहनु भएको थियो  तर कोरोनाले च्यापेर फोक्सोमा समस्या देखिएपछि उहाँ बिहीबार अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँलाई निमोनिया देखिएको छ । अरु स्वास्थ्य अवस्था राम्रो रहेको छ, आत्तिने कुनै कुरा छैन प्रवक्ता नेपालले भन्नु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,