Connect with us
Kapilvast Forest

महानगरले लिदै कोरोना सिफारिसका लागि ६ सय रुपैयाँ

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

भरतपुर-कोरोना भाइरस संक्रमण भएको सिफारिसका लागि स्थानीय सरकारले शुल्क लिन थालेका छन् । चितवनको भरतपुर महानगरपालिकाले कोरोना निको भएको सिफारिसमा शुल्क लिएको छ ।

कोरोना बिमाको रकमका लागि संक्रमित भएको सिफारिस लिन वडा कार्यालय पुगेका एकजनाबाट भरतपुर महानगरले ६ सय रुपैयाँ शुल्क लिएको छ । आफ्नै खर्चमा उपचार गरेर निको भएका भरतपुर–९ का एकजना शुक्रबार वडा कार्यालय पुग्नु भएको थियो  । उहाासँग वडा कार्यालयले निवेदन दस्तुर भनेर २५ रुपैयाँ र अन्य दस्तुर भनेर पाँच सय ७५ रुपैयाँ लिएको छ ।

कोरोना बिमा दाबी गर्न र कार्यालयको बिदा मिलाउन कोरोना संक्रमित भएको स्थानीय सरकारबाट सिफारिस लिनुपर्छ । त्यस्तो रिफारिस लिँदा वडा कार्यालयहरूले ६ सय रुपैयाँ शुल्क लिने गरेको हो।

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सिफारिस शुल्क लिने गरेको स्विकार्नु भयो  । बिमा गर्ने वेला शुल्क नलिएको र त्यसको भुक्तानी लिने वेला शुल्क लिने गरेको उनहाँ भनाइ छ । ‘बिमा गर्ने समयमा पनि स्थानीय तहको सिफारिस आवश्यक पर्छ, हामीले त्यतिवेला निःशुल्क गर्छौँ,’ जोशीले भन्नु भयो , ‘बिमाको भुक्तानी लिने वेलाको सिफारिसमा शुल्क लिने गरेका हौँ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,