Connect with us
Kapilvast Forest

क्रिकेट टोलीको प्रशिक्षण थाल्ने तयारी

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो साता देखि थाल्ने तयारी गरेको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंसिर १० देखि प्रशिक्षणको अनुमति दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिनु भएको छ । राखेपले प्रशिक्षको लागि अनुमती दिएसँगै क्यानले कोरोना महामारीको नौं महिनापछि प्रशिक्षणमा बोलाउने तयारी गरेको हो ।

‘ राखेपले मंसिर १० गतेदेखि प्रशिक्षण गर्नलाई अनुमती दिएको उहाँले बताउनु भयोशनिबार क्यानको बोर्ड बैठक भर्चुअल (अनलाइन माध्यम) बाट हुँदैछ । त्यसबाट पनि धेरै कुरा निर्धारण हुने चन्द बताउँछन् । नेपालले जनवरी सुरुदेखि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना छ । कोरोनाका कारण नेपालका तीन आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजहरु स्थगित भइसकेका छन् ।

यता विदेशी प्रशिक्षक डिसेम्बरअघि नेपाल आउने सम्भावना कम छ । क्यानले राष्ट्रिय टोलीको प्रशिक्षकका लागि केहि समयअघि खुल्ला दरखास्त आव्हान गरेको थियो । जसमा कुल ७२ जनाको आवेदन पर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई २५ जनाको नाम पठाएको चन्दले बताए । उक्त २५ जनाबाट नेपालले प्रशिक्षक पाउने छ ।

टेष्टका सबै १२ देशसँगै, स्कटल्यान्ड, नेदरल्याड्स लगायतका थुप्रै देशबाट नेपालको प्रशिक्षक बन्न आवेदनहरु परेको बुझिएको छ । गत माघमा नेपालमा सम्पन्न ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजबाट भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिनु भएको थियो । त्यसयता नेपाली टोलीको प्रशिक्षक कार्यवाहकको रुपमा जगत टमटाले सम्हालनु भएको थियो ।

नेपालले पछिल्लो पटक अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता फागुन १७ देखि २३ सम्म थाईल्यान्डमा एसिसी इस्टर्न रिजन २०२० प्रतियोगिता खेलेको थियो । त्यसपछि भने कोरोना महामारीको कारण नेपाली क्रिकेट टोलीको गतिबिधि शून्य बन्दै आएको छ । केहि खेलाडी व्यक्तिगत रुपमा प्रशिक्षण भने गर्दै आएका छन् ।

यस अघि क्यानले भदौ १ गतेदेखि २२ देखि २४ खेलाडी प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो । प्रशिक्षणकै लागि टीयू मैदानभित्र परिसरमै क्वारेन्टाइन, खाना र बस्ने ब्यवस्था गर्ने जनाएको थियो । खेलाडी र टीयू मैदानका सबै कर्मचारीको कोरोना परिक्षण पिसिआर गर्ने बताएपनि अन्तिममा यस वर्ष अन्तर्राष्ट्रिय कुनै खेल नभएको भन्दै क्यानले प्रशिक्षण स्थगित गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,