Connect with us
Kapilvast Forest

ओलीलाई भेट्नु अघि बहुमत सचिवालय सदस्य धुम्बाराहीमा छलफल गर्दै

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं– सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलिसँग भेट्नु अघि नेताहरू छलफलमा जुटेका हुन्।यसअघि हिजो सचिवालयका बहुमत सदस्यहरुको छलफलले ओलीलाई सहमतिमा बैठक राख्न आग्रह गर्ने निर्णय गरेको थियो।

हिजोको छ्लफलमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी कमिटीको औपचारिक बैठक राखे त्यो विभाजनको बिन्दु हुने’ चेतावनी दिनु भएको थियो ।हिजोको छलफलमा अर्का अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेलले सहभागीता जनाउनु भएको थिएन ।

आजको छलफलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,