Connect with us
Kapilvast Forest

विराटनगरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

nobel_hospital.jpg

विराटनगर- विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिला र सुनसरीको दुहबीकी ६८ वार्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि झापाकी महिलालाई उपचारका लागि कात्तिक १५ गते नोबेलमा भर्ना गरिएको थियो । महिलाको उपचारको क्रममा शनिबार बिहान ३ बजेतिर मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

सुनसरी दुहवी–९ की ६८ वर्षीया महिलाको पनि उपचारका क्रममा नोबेलमै शुक्रबार राति मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि वृद्धालाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा राति ९ बजेतिर मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,