Connect with us
Kapilvast Forest

शिवराजमा १८४ कृषकलाई अनुदान,४ हजार लाई बिउ

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्ने गरी कार्यक्रमहरु संचालन गरेको छ । गत आर्थिक वर्ष २०७६।७७ मा नगर भित्रका १८४ जना कृषकलाई अनुदान बितरण गरिएको छ भने ४ हजार साना किसानहरुलाई विभिन्न बिउबिजन बितरण गरिएको छ । युवाहरुलाई नगरमै स्थापित गराउने उद्देश्य स्वरुप कृषिका कार्यक्रमहरु तय गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । प्रत्येक वर्ष कृषिलाई प्राथमिकता दिएर कार्यक्रम संचालन गरेको भन्दै कृषकले मेहनत गरे नगरले सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।

गत वर्ष साना सिचाई मार्फत रु २७ लाख ५० हजारको लागतमा ५२ जना कृषकहरुलाई पम्पसेट,२७ जनालाई मोटर,३ जनालाई बोरिङ बितरण गरिएको हो । स्मार्ट कृषि गाउँ उमरीका २६ जना कृषकलाई रु ४ लाख ९५ हजारको लागतमा पावरलीटर १ थान,रिपर १ थान,हैण्डस्वीपर ४ थान र महचीङ्ग पलाष्टीक २० थान बितरण गरिएको कृषि शाखा प्रमुख ताराचन्द चौधरीले बताउनुभयो ।

त्यस्तै प्रदेश सरकार मार्फत कोभिड १९ प्रभावित ७२ जना कृषकलाई नगद रु २० हजारका दरले रकम अनुदान स्वरुप बितरण गरिएको छ । प्रदेश सरकारले बिदेशबाट आएका युवाहरुलाई लक्षित गरि संचालन गरेको उक्त कार्यक्रमले कृषकलाई सहज भएको नगरको बुझाई छ । एक वर्षको अवधिमा ४ जना मौरीपालक किसानलाई रु २ लाख ६० हजारको लागतमा १२२ थान मौरीका घार र १९८ थान मौरी सामाग्री बितरण गरिएको शाखा प्रमुख चौधरीले बताउनुभयो ।

पालिकाले नगरका साना कृषकहरुको लागि लक्षित गरि विभिन्न बिउबिजन बितरण गरेको छ । १९७५ जना कृषकलाई प्याजको बिउ,सोनवर्षिका ३६ कृषक लाई मलखाद विषादी र स्प्रे, ४७५ जनालाई आलुको बिउ,२८७ जनालाई मकैको बिउ,१०३७ जनालाई धानको बिउ,१०९ जनालाई गहुँको बिउँ निशुल्क बितरण गरिएको कृषि शाखाले जनाएको छ ।

नगरबाट पाउने अनुदानमा अनियमितता हुन नदिन नगरले प्रभावकारी अनुगमन गरेको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । उपप्रमुखको संयोजक्त्वमा हुने अनुगमनले अनुदानमा कृषकहरु नदोहोरीने गरी छनोट हुने गरेको उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,