Connect with us
Kapilvast Forest

घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते हुनु भएको छ।शुक्रबार हुम्ला पुगेका शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका– ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा घोडाबाट लडेर घाइते हुनु भएको हो ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट लडेर उहाँ भएको हो ।मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिनु भयो ।

मुख्यमन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ।मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,