Connect with us
Kapilvast Forest

भवानी भिक्षु टोलमा स्थानीयबासी कै अगुवाईमा सरसफाई अभियान

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु-टोललाई स्वच्छ र हराभरा बनाउन कपिलवस्तुको तौलिहवाको भिक्षु टोलमा स्थानीयबासीको अगुवाईमा सरसफाई अभियान संचालन गरिएको छ । अभियानकालागि स्थानीय युवा मंगल आलेको अगुवाईमा समिति समेत निर्माण गरिएको छ । युवा र स्थानीयबासी गरी५०जनाको सहभागीतामा भिक्षु चोकको पश्चिम तर्फ पर्ने घिमिरे टोलमा अभियान संचालन गरिएको थियो ।

टोलीले सडकमा रहेको प्लाष्टिक, गुटखाको पोका, सडकमा फालिएका फोहर संकलन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अथिति रापपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंह र पुर्व सभासद श्रीकान्ती पासीले शुराम्भ गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष सिंहले आफनो टोल बस्तीलाई स्वच्छ बनाउन स्थानीयबासी आफै अग्रहसर हुन प्रशंसनीय काम भएको बताउनु भयो ।

उनले नगरपालिकामो मुख ताक्नु भन्दा टोलबासी कै अग्रसरतामा सरसफाई अभियान संचालन गर्र्नु पर्ने बताउनु भयो । सो अवसरमा संयोजक आलेलले आफनो टोल बस्तीलाई स्वच्छ र हराभरा बनाउन आफुहरुले अभियान चलाएको बताउनु भयो । अभियान हरेक हप्ताको शनिवार संचालन हुने उहाँले बताउनु भयो । स्थानीय अगुवा शंकर घिमिरेले युवाहरुको अभियानमा आफु समेत साथ रहेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,