Connect with us
Kapilvast Forest

बसन्तको डाफेचरी १० दिन मै ६ लाख बढिले हेरे

२०७७, २२ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु –चर्चित गायक बसन्त लम्साल र गायीका शान्ति श्री परियारको स्वरमा सजिएको “डाँफे चरी “ गीतले दर्शकको मन जीत्दै गएको छ । गीतले १० दिन मै ६ लाख दर्शको भ्युउ पाएको छ । रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भर्नु भएको छ । भिडियोमा पल शाह र रियासा दाहाल र उशा उत्पेतीको अभिनय रहेको छ ।

आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पिडा पलले देखाउनु भएको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिच्नु भएको हो ।

भिडियोमा सम्पादन दीपक बिष्टले गर्नु भएको हो भने कलर प्रबिन भट्टले गर्नु भएको हो ।झण्डै ६० वटा गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका अर्घाखचाी घर भई बुटवललाई बिगतएक दशक देखि कर्मथलो बनाएका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा पुर्ण आशावादी रहनु भएको छ । गायक बसन्तका यसअघिका ‘मृत्यु दण्ड’, ‘बिछोडको घाँउ’, ‘जिउँदै श्रद्धाञ्जली न देउ आत्मालाई’,‘हाम्रो प्यारो अर्घाखाँची’ टीकटक खोल्दा तिम्रै भिडियो आउछ लगायतका दर्जनौं गीत चर्चित छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,