Connect with us
Kapilvast Forest

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखको जित

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

barwen-munik-scaled-1.jpg

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

डर्टमण्डको मैदानमा बायर्नलाई जित दिलाउन डेभिड अल्बा, रोबर्ट लेवान्डोस्की र लोरी सानेले एक एक गोल गर्नु भयोडर्टमण्डका मार्को रिउस र अर्लिङ हालाण्डले एकरएक गोल फर्काउनु भयो ।

खेलमा सुरुवाती अग्रता भने डर्टमण्डले बनाएको थियो । २४औं मिनेटमा लेवान्डोस्कीले गोल गरे पनि अफसाइड भयो । ४५औं मिनेटमा रिउसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनु भयो ।

तर, पहिलो हाफको इन्जुरी समयमा बायर्नका अल्बाले गोल गरेपछि पहिलो हाफ १(१ गोलको बराबरीमा सकियो ।दोस्रो हाफको सुरूवातमै अर्थात् ४८औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाउनु भयो ।

८०औं मिनेटमा सानेले गोल गर्दा बायर्नको अग्रता ३-१ को बन्यो ।खेलको ८३औं मिनेटमा हालाण्डले एक गोल फर्काउनु भयो । तर, त्यसपछि गोल हुने सकेन र अन्ततः बायर्नले खेल ३-२ ले जित्यो ।

जितसँगै बायर्नले शीर्ष स्थान यथावत राखेको छ । बायर्नले ७ खेलमा ६ जित र एक बराबरीसहित १८ अंक जोडेको छ । डर्टमण्ड ७ खेलमा १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,