Connect with us
Kapilvast Forest

पहिलो टी-ट्वान्टीमा जिम्बावे ६ विकेटले पराजित

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी- जिम्बावेविरुद्ध तीन खेलको सिरिजमा पाकिस्तानले विजयी सुरूवात गरेको छ ।पाकिस्तानले पहिलो टी(ट्वान्टीमा जिम्बावेलाई ६ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो ।

रावलपिन्डीमा शनिबार भएको पहिलो खेलमा घरेलु टोली पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो ।जिम्बावेले दिएको १ सय ५७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ८२ रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो ।मोहमद हाफिजले ३६ रन जोड्दा फकर जमानले १९ रन जोडे । जिम्बावेका ब्लिसीङ मुजराबानीले २ विकेट लिनु भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।जिम्बावेका वेस्ली माधिभेरेले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो ।

सिन विलियम्सले २५ रन जोड्दा इल्टन चीगुमबुराले २१ र ब्रेन्डन टेलरले २० रन बनाउनु भयो । पाकिस्तानका वाहब रियाज र हरिस राउफले २-२ विकेट लिनु भयो ।जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,