Connect with us
Kapilvast Forest

अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपतिमा कमला ह्यारिस

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

 

एजेन्सी- कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बन्न्स भएको छ। उहाँले अब ह्वाइटहाउसमा उपराष्ट्रपति पद सम्हाल्नु हुने छ।उहाँअमेरिकाको अहिलेसम्मकै इतिहाँसमा प्रथम अश्वेत तथा दक्षिण एसियामूलकी महिला उपराष्ट्रपतिसमेत हुनु भएको छ ।

डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुनुहन्थ्यो । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उहाँहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो ।

ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आउनु भएको थियो । उहाँजमैकन र भारतीय आप्रवासीकी सन्तान हो । ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन(अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हो ।

यसअघि अमेरिकामा दुई पटकमात्र महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको थियो । सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । त्यस्तै, सन् १९८४ मा डेमोक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । यद्यपि दुवैले निर्वाचन भने जित्न सक्नु भएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,