Connect with us
Kapilvast Forest

तिहार र छठको मौका छोपेर खाद्यान्नमा मनलागी मूल्य

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

khadyabastu.jpg

काठमाडाैं-दसैं सकिएलगत्तै बजारभाउ पुनः अकासिएको छ । दसैंको मुखमा अकासिएको बजार तिहारको चहलपहलसँगै फेरि बढ्न थालेको छ ।चिनी, तेल, केराउ, दाललगायत खाद्यान्नको भाउ अत्यधिक बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । संघका अनुसार डेढ सातामा खाद्यको भाउ किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ ।

‘दसैंलगत्तै मूल्य बढ्नुपर्ने अवस्था नभए पनि बजारभाउ चुलिएको छ,’ संघका अध्यक्ष राजकुमार श्रेष्ठले भन्नु भएको छ , ‘मौज्दात पर्याप्त छ, मूल्य बढेका विषयमा होलसेल र आयातकर्ताले स्पष्ट जवाफ दिँदैनन् । चलखेलकै लागि यसो गरिएको हुन सक्छ ।’ डेढ साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले होलसेलमै खरिद मूल्य १ सय २० रुपैयाँ पुगेको छ ।

‘ढुवानी, प्लास्टिकसहित उपभोक्तालाई १ सय ३५ रुपैयाँमा बिक्री गर्न बाध्य भएका छौं,’ उहाँले भन्नु भएको छ । उहाँका अनुसार महिनामा ५० किलो बिक्री गर्ने साना खुद्रा व्यापारीले किलोमा १५ रुपैयाँ नाफा राख्दा पनि लगानी उठ्दैन । व्यवसायीले केराउ न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलियालगायत मुलुकबाट ल्याउँछन् । नेपालका लागि आयात गरिएको केराउ पुनः भारत पठाउने गरिएको छ । जसले गर्दा यहाँ महँगो भएको अध्यक्ष श्रेष्ठको दाबी छ ।‘नेपालको तुलनामा भारतमा पठाउँदा दोब्बर फाइदा छ, केराउ पुनः भारत गएको छ-कान्तिपुर दैनिक

,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,