Connect with us
Kapilvast Forest

अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेन, अमेरिकामा यसरी मनाइयो खुसीयाली

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी-अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन विजयी हुनु भएको छ ।

उहाँ विजयी भएसँगै अमेरिकामा खुसी मनाइएको छ ।उहाँको समर्थनमा प्रदर्शनहरु गरिएका छन् । बीबीसीले पनि बाइडेनको जितमा निकालिएको प्रदर्शनको तस्बिरहरु सार्वजनिक गरेको छ ।

अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित हुनु भएको छ ।बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेपछि ह्वाइटहाउसको यात्रा निश्चित भएको हो ।

बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ । पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ ।राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी हुनु भएको हो ।

अब उहाँले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्नु हुने छ ।अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

त्यस्तै कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बन्न्स भएको छ। उहाँले अब ह्वाइटहाउसमा उपराष्ट्रपति पद सम्हाल्नु हुने छ।उहाँअमेरिकाको अहिलेसम्मकै इतिहाँसमा प्रथम अश्वेत तथा दक्षिण एसियामूलकी महिला उपराष्ट्रपतिसमेत हुनु भएको छ ।

डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुनुहन्थ्यो । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उहाँहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,