Connect with us
Kapilvast Forest

कोरोना उपचारमा नयाँ नीति ल्याइँदै

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

file photo pcr text
प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ -नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झण्डै दुई लाख नजिक पुग्न लागेपछि सरकारले कोरोना रोग रोकथाम, नियन्त्रण र उपचारका लागि नयाँ नीति लिने सम्भावना बढेको छ । त्यसका लागि सरकारले गृहकार्य थालेको छ । सर्वोच्च अदालतले कोरोनाबाट सङ्क्रमितको उपचार निःशुल्क गर्न दिएको आदेश सहितका विषयमा छलफल गरी नयाँ रणनीति तय गर्ने उद्देश्यले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आइतबार बस्न लागेको छ ।

काठमाडौँ उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नु भयो , “उपप्रधानमन्त्री संयोजक रहेको सीसीएमसीको बैठक आइतबार बस्दैछ, त्यसमा कोरोना सङ्कट व्यवस्थापनका विषयमा विस्तृत छलफल हुनेछ, सर्वोच्च अदालतले दिएको निर्देशनका विषयमा पनि छलफल हुनेछ ।”

प्रमुख शाक्यले काठमाडौँ उपत्यकामा अहिले पनि आइसोलेसन खाली छन्, त्यसको समस्या छैन, यस विषयमा कस्तो रणनीति लिने भनेर सो बैठकमा छलफल हुने जानकारी पनि दिनु भयो  । उहाँले यस बैठकबाट कोरोना महामारीको सङ्कटलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले नयाँ रणनीति ल्याउने विश्वास पनि व्यक्त गर्नु भयो  । हाल काठमाडौँ उपत्यकाका करिब १५ हजारभन्दा बढी कोरोना सङ्क्रमित घरमै एकान्तबसमा छन् ।

निको हुने डेढ लाख नाघे
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट शनिबार दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् । यो सङ्ख्यासँगै निको हुनेको कुल सङ्ख्या एक लाख ५५ हजार ११४ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३५ हजार ४३५ छन् । हाल देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा एक हजार १४४ जना क्वारेन्टाइनमा छन् ।

सङ्क्रमित दुई लाख नजिक
केही दिनयता सङ्क्रमित हुने सङ्ख्या तुलनात्मक रूपमा घटे पनि सङ्क्रमण घटेको छैन । स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणमा दुई हजार ७५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो तथ्याङ्कसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नजिक अर्थात् एक लाख ९१ हजार ६३६ पुगेको छ ।

शनिबार थप १७ जनाको कोरोनाबाट निधन भएको छ र अब यस रोगका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेर एक हजार ८७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार ५१२ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,