Connect with us
Kapilvast Forest

कस्तो रहला आगमि तीन दिनसम्मको  मौसम ?

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

mausam

काठमाडौं-जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्मको मौसमको अवस्थाबारे पूर्वानुमान गरेको छ ।महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

भने, हाल पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।यसैगरी, सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।यस्तै, मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।मंगलबार राति देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,