Connect with us
Kapilvast Forest

रोल्पाका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा  मृत्यु

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

bheri-hospital

बाँके – भेरी अस्पतालमा उपचाररत रोल्पाको लिबाङ नगरपालिका–४ का ५६ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।कात्तिक १४ मा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएका पुरुषको शनिबार राति १२स्१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनु भयो ।

स्वास्थ्यमा खराबी देखिएपछि उनको रोल्पास्थित रेउघा स्वास्थ्य चौकीमा उपचार भएको थियो। उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको थियो।

शिक्षण अस्पतालले कोरोना आशंकामा कात्तिक १४ मा स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको श्रेष्ठले बताए। मृतक पुरुषमा एक महिनादेखि जण्डिसको समस्या देखिएको पारिवारिक श्रोतलाई उदृध गर्दै श्रेष्ठले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,