Connect with us
Kapilvast Forest

कर्णाली नदीमाथिको आकर्षक पुल-फोटो फिचर

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

कैलाली- कैलालीको चिसापानी स्थित कर्णाली नदीमाथिको आकर्षक पुल हेर्नेको घुइँचो लाग्न थालेको छ । पुलमा फोटो खिच्नेको भिड नै देख्न सकिन्छ । आन्तरिक पर्यटकहरू पुलको चिसो हावामा मज्जा लिँदै फोटो खिच्न लागि पुग्ने आन्तरिक पर्यटकको संख्या प्रतिदिन बढ्दो छ ।

पुलको निर्माण कार्य विसं २०५० सालमा भएको हो । पुल निर्माणको काम जापनिज निर्माण कम्पनी कावासाकी हेवी इन्डस्ट्रिजले गरेको थियो ।

पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अडयाइएको छ ।
तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको हेर्नकै लागि पर्यटक यहाँसम्म आई पुग्ने स्थानीयले बताए । ५०० मिटर लम्बाइ र १० मिटर चौडाई भएको पुल निर्माणमा तीन हजार ८७० टन स्टिल प्रयोग भएको बताइएको छ ।

चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रूपमा रहेको छ । चिसापानीको सिमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र विश्वकै दोस्रो पुलको नामले चिनिने कर्णाली पुल हेर्नको लागि यहाँ पर्यटकहरूको घुइँचो लागेको हुन्छ ।

तस्वीरः सनिउल्ला धोबी, कपिलवस्तु

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,