Connect with us
Kapilvast Forest

नेपाल उद्योग वाणिज्य महासंघमा अब सुधार हुन्छ : ढकाल

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

बृटवल- नेपाल उद्योग वाणिज्य महासघंको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालले महासघंमा सुधार हुने बताउनु भएको छ । बुटवलमा आयोजित चुनावी प्रचारप्रसार सभालाई सम्बोधन गर्दै आफु सानो व्यवसायी देखि कर्पोरेट सबै उद्योगीहरुको समस्या राम्रोसंग बुझेको हुनाले आफु बिजयी भए महासंघको कमीकमजोरी सुधार गर्ने ढकालले बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासघंबाट सम्पुर्ण व्यवसायीहरुको समस्या समाधान गर्ने ढकालले प्रतिवद्धता व्यक्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा बिजयी भएपछि पनि जिल्ला नगर, प्रदेश र केन्द्रका समस्यालाई समाधान गर्न सदैव व्यवसायीरुको हकहितको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस्तै उद्योग वाणिज्य महासघंका पुर्व अध्यक्ष चन्डी राज ढकालले चन्द्र ढकालको प्यालनले नै महासघंको नेतृत्व राम्रो काम गर्ने बताउनुभयो । उहाँले ढकालको प्यानल बिजयी हुने धेरै उद्योगी व्यवसायीका समस्या समाधान हुने दाबी गर्नुभयो ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्यका उम्मेदवार जमशेर अलि मियाले देशको विकासमा महासघंले लाग्ने बताउनुभयो । मियाले वरिष्ठ उपाध्यक्ष ढकालको प्यानलबाट केन्द्रिय सदस्यको उम्मेद्बारी दिएको बताउदै ढकालको प्यानलले महासघंको मुहार फेर्ने जानकारी दिनुभयो । ५४औं महाधिवेशनको बुटवलमा आयोजित चुनावी प्रचारप्रसार सभामा बोल्दै देशको वर्तमान अवस्थासगं महासघं हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

महासंघको निर्वाचन अगामी मंसिर ११, १२ र १३ गते सम्म काठमाडौमा हुदै छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,