Connect with us
Kapilvast Forest

नेपाल पक्षलाइ फकाउन बालुवाटारमा बैठक

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तरविरोध चर्किरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

नेता नेपाल र कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरुले सचिवालयको बैठक बोलाउन माग गरकै भोलीपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा यो भेट भएको हो ।

स्रोतका अनुसार छलफलका लागि आइतबार दिउँसो १ बजे नेता नेपाल प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । छलफलका लागि प्रधानमन्त्री ओलीकै तर्फबाट बोलावट भएपछि नेता नेपाल वालुवाटार पुगेको स्रोतले जनाएको छ । पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आउनु भएको छ भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आउनु भएको छ ।

उनीहरुका बीच नेकपामा बढेको ध्रुविकरण र आन्तरिक द्धन्द व्यवस्थापनका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस अघि कार्तिक ४ र ११ गते ओली र नेपालबीच भेट भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,