Connect with us
Kapilvast Forest

पेस्तोलसहित तीन जना पक्राउ

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

pakrauu

कञ्चनपुर – १ थान पेस्तोल र म्याग्जीन सहित कञ्चनपुरमा ३ जनालाइ पक्राउ गरेको छ ।बेदकोट नगरपालिका(२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका(१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका(५ बस्ने २६ वर्षीय दिपक भट्टलाइ प्रहरीले पक्राउ गरेको हो ।

बेदकोट नगरपालिका(५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७र८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको प्रहरलिे जनाएको छ । उक्त घटनाको बारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो ।पक्राउ गरि त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,