Connect with us
Kapilvast Forest

कर्मचारीमा कोरोना देखिएपछि शिवराज नगरपालिका बन्द

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु- शिवराज नगरपालिका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिकामा सेवा प्रवाह बन्द गरिएको छ ।

नगरपालिकाका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्तिक २४ गते देखि २८ गते सम्म शिवराज नगरपालिकाका र मातहतका वडा कार्यालयहरु वन्द गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले आज एक विज्ञप्ती प्रकाशित गर्दै नगरपालिका र वडा कार्यालयहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएकोले सेवा वन्द गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै नगरपालिकाले विधालयमा भईरहेको प्रत्यक्ष सिकाई सहजीकरणका कार्यक्रमहरु पनि वन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा कार्यरत ५ जना र वडा कार्यालयमा कार्यरत एक जना कर्मचारी गरी ६ जनामा कोरोना संक्रमण देखिएपछि नगर पालीकाले ४ दिनको लागी सेवा वन्द गरेको निमीत प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थिले जानकारी दिनुभयो ।

नगरपालिकाले विद्यालयहरु पनि वन्द गर्ने निर्णय गरे संगै कक्षा ११ को परिक्षा संचालन गरेका विद्यालयहरुलाई समस्या सिर्जना हुने भएको छ । अधिकृत पन्थीले विद्यालय  आफैले संचालन गरेको परिक्षा भएकाले ४ दिन वन्द हुने वताउनुभएको छ ।

 

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,