Connect with us
Kapilvast Forest

नेपाल राष्ट्र बैंकले सोमवार १७ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौ – नेपाल राष्ट्र बैंकले सोमवार १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरीबिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो ।

बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ ।

उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रु १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,