Connect with us
Kapilvast Forest

हामी एउटै डुंगामा छौं पार्टी एकता बचाइ राख्न विवाद विर्सेर एकताको वाटो फर्कनुस :मुख्य मन्त्री पोख्रेल

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

shanker

काठमाडौं-लुम्विनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले पार्टीलाई एकतावद्ध राख्न एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न नसकिने बताउनु भएको छ ।पार्टी एकता बचाइ राख्न विवाद र कटुता विर्सेर एकतावाटो तर्फ फर्कआग्रह गर्नुृ भएको छ ।

आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित बनाउनु सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको भएकाले यसलाइ कार्यान्वयन गनुृ पर्ने बताउनु भएको छ ।

साथै उहाँले सामाजिक संजाल फेसबुकमा लेख्दे स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न समपुर्ण सचिवालयका नेताहरुलाइ आग्रह गर्नु भएको छ ।

हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ । एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन । एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमती भन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुनेछ । त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकतावाटो तर्फ फर्कनु होस् । आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो । सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो । तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,