Connect with us
Kapilvast Forest

तिहारमा २४ सै घन्टा निर्धक्क भएर विद्युत् प्रयोग गर्न प्राधिकरणको आग्रह

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

tihar light

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणले यही हप्तादेखि सुरु हुने तिहारमा यो वर्ष विद्युत् खपत घट्ने प्रक्षेपण गरेको छ । विगत वर्षहरूमा तिहारको लक्ष्मीपूजाका दिन १३ सय मेगावाटसम्म विद्युत् खपत हुने गरेको थियो । तर, यो वर्ष अधिकतम १ हजार २५ मेगावाटसम्म विद्युत् माग हुने प्रारम्भिक प्रक्षेपण भएको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनु भयो ।

तिहारमा कुनै किसिमको खपत बढ्ने सम्भावना नभएको कारण कटौति नहुे भएको छ । लक्ष्मीपूजाको दिन सबैभन्दा धेरै विद्युत् खपत हुने विश्वास गरिन्छ । प्राधिकरणले पर्याप्त बिजुली आपूर्ति गर्ने भएकाले २४सै घन्टा निर्धक्क भएर विद्युत् प्रयोग गर्न आग्रहसमेत गरेको छ । ‘

विगत वर्षहरूमा उपत्यकामा झन्डै ३ दर्जन मझौलादेखि ठूला तारे होटेलसम्म खुला हुने गरेका थिए । पर्यटक यही सिजनमा नेपाल घुम्न आउँथे । तर, यसपटक कोभिड–१९ का कारण होटेल खुला भए पनि उहाँहरूले खपत गर्ने विद्युत् ठूलो परिमाणमा घट्ने प्राधिकरणको भनाइ छ । त्यस्तै, यो वर्ष ठूला व्यापारिक भवन र मलहरूमा पनि विद्युत्को खपत न्यून हुनेछ । कतिपय उद्योग सञ्चालनमा छैनन् भने घरेलु उद्योग पनि बन्द भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार अहिले अधिकतम माग १२ सय ७५ मेगावाटसम्म रहेको भारप्रेषण केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनु भयो  । अहिलेको पिक समय भनेको बेलुका ६ देखि साढे ६ बजेको समय रहेको छ । अहिले प्राधिकरणसँग १ हजार मेगावाट हाराहारी विद्युत् उपलब्ध छ । त्यसभन्दा धेरै माग भएमा भारतसँगको ५ वटाजति नाकाबाट २ सय मेगावाटजति लिन सकिनेछ ।अहिले धेरै विद्युत् खेर गएको भन्ने विषय पनि सही नभएको उहाँको भनाइ छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,