Connect with us
Kapilvast Forest

बक्यौता भुक्तानी नपाएपछि उखु किसान पुनः आन्दोलित

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताउनु भयो । उहाँले भन्नु भयो , ‘सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं । छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,