Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

corona

काठमाडौं-कोरोना भाइरस संक्रमणका कारण पछिल्ला दिन नेपालमा मृत्यु दर निकै बढिरहेको छ ।मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ । झापा, उदयपुर र सिरहाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृतक एक वृद्धा र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान ६ बजे मृत्यु भएको हो । यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको छ । ती पुरूषको बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पताल ब्यवस्थापक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

उता आजै कैलालीमा ९० वर्ष र ८४ वर्षका पुरुषको कोरोनाका कारण निधन भएको हो । उनीहरु टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका हुन् । उनीहरुमा कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

त्यस्तै, रुपन्देहीमा आज बिहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा ४५ वर्षीय पुरुष र भैरहवा भीम अस्पतालमा ५६ वर्षीय महिलाको मृत्यु भएको हो । उनीहरूको १५ मिनेटको फरकमा मृत्यु भएको हो ।

भीम अस्पतालमा भर्ना भएकी सैनामैनाकी ५६ वर्षीया महिलाको बिहान ६ः२० मा मृत्यु भएको हो। कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,