Connect with us
Kapilvast Forest

संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौँ – औपचारिक पत्राचार तथा सम्बोधनहरुमा नेपालको नाममा संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय कार्यान्वयन नगर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकले सो निर्णय तत्काल कार्यान्वयन नर्गन निर्देशन दिएको हो। सरकारले गरेको निर्णयमा बारे छलफल गर्नका लागि समितिले प्रधानमन्त्रीलाई बोलाएको थियो।

प्रधानमन्त्रीको तर्फबाट समितिमा उपस्थित भएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको नाम लामो भएकाले सजिलो बनाउन सो निर्णय गरिएको बताउनु भयो । संघीयता र गणतन्त्रलाई धराप पार्ने सरकारको मनसाय नरहेको पनि बताउनु भयो ।

समितिको निर्णयमा प्रधानमन्त्री ओली निकट मानिएका नेकपाका दुई सांसद विजय सुब्बा र नवराज सिलवालले असहमति जनाएका छन्।
संविधानसभाबाट संविधान जारी भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय मन्त्रीपरिषदले गरी सोही अनुसारको परिपत्र गरेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषदको अशोज ११ गतेको बैठकले गरेको निर्णय अनुसार नेपालको नाम प्रयोग गर्न भनेको हो ।मन्त्रिपरिषद बैठकले विभिन्न कूटनीतिक नियोगलाई पनि नेपालको नाम नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘Nepal’ प्रयोग भन्ने निर्णय गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,