Connect with us
Kapilvast Forest

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ ।ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो । अब हितेन्द्रदेव शाक्यलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजनाअनुसार निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । शाक्य ऊर्जामन्त्री पुन निकट मानिनुहुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,