Connect with us
Kapilvast Forest

डोजरको ट्युब पड्किँदा एकको मृत्यु

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

death

जुम्ला –डोजरको टायरको ट्युबमा हावा भर्ने क्रममा उक्त ट्युब पड्किँदा जुम्लामा एकजनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिका– २ उल्खेस्थित एक ग्यारेजमा ट्युबमा हावा गर्ने क्रममा सोही वडाका ५९ वर्षीय धनराम रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो ।

उहाँका अनुसार टायरमा हावा भर्दै गर्दा अकस्मात् ट्युब पड्किएपछि घटनास्थलमै रावतको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शवको सनाखत भइसकेको छ । शवलाई पोस्टमार्टमका लागि सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,