Connect with us
Kapilvast Forest

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं -कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका उहाँलाई एक हप्तापछि भेन्टिलेटरबाट निकालिएको छ ।

कोरोना संक्रमणले फोक्सोमा निमोनिया र श्वास–प्रश्वासमा समस्या आएपछि उनी ग्रान्डी अस्पतालमा एक हप्तादेखि उपचाररत छन् । विश्वकर्माको पारिवारिक स्रोतका अनुसार भेन्टिलेटरको पाइप निकालिए पनि उनलाई अक्सिजन दिएर राखिएको छ । उनी ७२ घन्टाको मेडिकल निगरानीमा छन् ।

विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । सुरुको एक हप्ता होम आइसोलेसनमा नै बसेका उनलाई ९ कात्तिकमा वीर अस्पतालमा भर्ना गरिएको थियो । तीन दिन वीर अस्पतालमा उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि विश्वकर्मालाई ग्रान्डी अस्पताल लगिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,