Connect with us
Kapilvast Forest

तत्काल पार्टीको बैठक राखेर समस्या समाधान गर्न नेकपा अनुशासन आयोगको अनुरोध

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

peris-dada-nekapa.jpg

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय अनुशासन आयोगले पार्टीको निर्णय कार्यान्वयन र एकताका बाँकी काम तत्काल पूरा गर्न नेतृत्वसँग अनुरोध गरेको छ ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराले विज्ञप्ति निकालेर तत्कालै पार्टीको बैठक राखेर आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभएको हो । नेतृत्वबाट दिनहुँजसो गालीगलौज, आरोप प्रत्यारोप तथा पार्टी विभाजन जस्ता अप्रिय कुराहरु सार्वजनिक भइरहेको भन्दै बोहराले यो निकै चिन्ताको विषय रहेको बताउनुभएको छ ।

पार्टीका निर्णयहरू दराजमा थन्क्याउन नभइ आवश्यकताका आधारमा गरिने भएकोले सबै निर्णयहरु कार्यान्वयन हुनुपर्ने र पार्टी एकताका बाँकी काम पूरा गर्नुपर्नेमा नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै विज्ञप्तिमा पार्टी नेतृत्वको सोच साँघुरो रहेको बताइएको छ ।

अहिले नेतृत्व आत्मकेन्द्रित हुँदा पार्टी नै समस्यामा परेको भन्दै अध्यक्ष बोहराले उत्तेजना र गालीगलौजले समस्या समाधान नहुने बताउनुभएको छ ।बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाकाे विषय नबनाउन संयम, धैर्यता र राजनीतिक सुझबुझसहित नागरिक र राष्ट्रका समस्यामा ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन विज्ञप्तिबाट नै अनुराेध गरिएकाे छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,