Connect with us
Kapilvast Forest

लुम्बिनीमा ७ अर्बको लगानीमा गुरुयोजनाको काम शुरु

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

लुम्बिनी- लुम्बिनी विकास कोषको गुरुयोजना पूरा गर्नको लागि अहिले करिब ७ अर्ब लगानीमा गुरुयोजनाका काम शुरु भएको छ । गुरुयोजना भित्रको ३५ किलोमिटर बाटो पिच गर्ने, मायादेवी मन्दिर वरपर पैदल मार्ग निर्माण गर्ने, पूर्वी र पश्चिम मोनास्लीहरु जोड्ने, ६ ओटा भवन बनाउने, ढलको निकास गर्ने, फोहोर व्यवस्थापन र लुम्बिनी क्षेत्रभित्र रिभर कन्ट्रोलिङ्को व्यवस्था मिलाउने कार्यका लागि करिब ७ अर्ब लगानी आवश्यक परेकोले संघीय सरकारले बजेटको व्यवस्था गरेकोले आगामी ३ वर्ष भित्र गुरुयोजना सम्पन्न गर्ने गरि काम अगाडि बढाइएको लुम्बिनी विकासकोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी) ले बताउनु भएको छ ।

उपाध्यक्ष भिक्षुले प्रोफेसर केन्जो टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न ग्लोबल टेण्डरको लागि प्रक्रिया अघि बढेको बताउँदै लुम्बिनीको विकासका लागि आवश्यक पर्ने लगानीको स्रोत पहिचान भइरहेकाले जनतामुखी र विकासमुखी काममा त्यसको लगानी गर्ने बताउनु भयो ।

अन्तर्राष्ट्रिय सभाहलमा पहिलो फेजको काम सम्पन्न भईसकेको छ । लुम्बिनीलाई स्मार्ट सिटी बनाउने योजना रहेकोले लुम्बिनीमा ३० बेडको मातृशिशु अस्पताल बनाउने काम पाँच महिना भित्र अगाडि बढाउने र लुम्बिनी सानो नभएकोले कपिलवस्तुको तिलौराकोटमा पनि गुरुयोजना बनाएर काम अगाडि बढाउने उपाध्यक्ष भिक्षुले बताउनु भयो ।

आज लुम्बिनीको पर्साचोक देखि लोखडिया चोक सम्मको १६ सय मिटर बाटोको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले पर्साचोकमा र लोखडिया चोकमा निर्माण हुन लागेका दुई ओटा गेटको शिलन्यास पनि गर्नु भएको छ । लुम्बिनी विकास कोषको गुरुयोजना सम्पन्न गर्नको लागि संघीय सरकार सकरात्मक रहेकोले छिटै सम्पन्न हुने बताउँदै रिङ्रोड निर्माणगरि व्यवस्थित गर्न लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गर्ने छ मन्त्री गिरीले भन्नुु भयो ।

लुम्बिनीमा लुम्बिनीका जनतालाई प्राथमिकतामा राखि लुम्बिनीलाई फलफुल जोनको रुपमा विकास गरिने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनु भयो ।

लुम्बिनीमा विभिन्न प्रजातिका चराहरु भएकोले चरा जोनका रुपमा विकास हुने र लुम्बिनी आउने पर्यटक कपिलवस्तु र रामग्राम पनि पुग्ने गरि योजना बनाएर अगाडि बढेको बताउनु भयो । सन् १९७८ मा जापनिज वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बनाउनु भएको थियाृ । अहिले सम्म गुरुयोजना पूरा हुन सकेको छैन । तर आगामी तीन वर्ष भित्र सम्पन्न गर्ने गरि काम अगाडि बढाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,