Connect with us
Kapilvast Forest

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ पुस्तक लोकार्पण

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

bidyaa.jpg

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा ‘मैले बुझेको गान्धी’ नामक पुस्तकको लोकार्पण गर्नुभएको छ ।उहाँले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज सोमबार लोकार्पण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालका लागि भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको आज दिउँसो लोकार्पण गर्नुभएको एक विज्ञप्तिमा उल्लेख छ ।

नेपाली मित्रहरुसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले वीपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो । पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको जनाइएको छ ।

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई उक्त पुस्तकमा समावेश गरिएको बताइएको छ।

विज्ञप्तिअनुसार यस प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ जसका जीवन तथा आदर्श सदा अमर र आज पनि उत्तिकै सान्दर्भिक छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,