Connect with us
Kapilvast Forest

तनहुँको मानहुँकोट बन्यो पर्यटकको नयाँ गन्तब्य (फोटोफिचर)

२०७७, २४ कार्तिक सोमबारमा प्रकाशित

तनहुँ – तनहुँको सदरमुकाम दमौलीबाट ८ किलोमिटरको दुरीमा रहेको मानहुँकोटमा दिनहुँ पर्यटकको चाप बढ्दा सबैको चासो बढ्दै जान थालेको छ।

कोभिड १९ का कारण मानिसलाई घरमा बस्दा बस्दै दिक्क लागेको हुनाले आनन्द लिन र मनोरम दृश्य अवलोकन गर्ने मानिसहरू आसपासका जिल्ला देखि राजधानी र देखि देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन्।

मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ।

मानहुँकोट पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन र पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न करिब दुई घण्टा भन्दा बढी समय लाग्थ्यो । अहिले सवारीसाधनमा २०र२५ मिनेटमा पुगिन्छ।बिहान ५ बजेदेखि ७ बजेसम्म सुर्यदय हेर्नेका निम्ति पर्यटक आउने गर्दछन।

केही वर्ष अगाडिसम्म सदरमुकाम नजिकै भए पनि मानहुँकोट कसैले चिन्दैन थिए। त्यस ठाउमा बसोबास गर्ने मानिसहरू पनि स्वास्थ,खानेपानी,विद्युतबाट बञ्चित जस्तै थिए। खानेपानी लिन त घण्टौँसम्म हिड्न पर्ने बाध्यता थियो। पछि समाजसेवी यदुनाथ खनाल र चाम थापाको सक्रियता मानहुँ खानेपानी योजना गरेर अहिले घरघरमा धारा रहेको छ। अहिलेको मानहुँ बनाउन आजभन्दा १६र१७ वर्षदेखि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर अभियानद चलाएका यीनै युवाहरू हुन ।

मानहुँमा नै जन्मिएका थापाले शुरूका दिनमा मानहुँ बनाउनका निम्ति प्रचारप्रसार देखि विकासमा पूर्वाधार बनाउनका निम्ति सम्बन्धित निकायलाई निकै घचघचाउने गर्थे। विशेष गरी आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थलमा रूपमा स्थापना गर्नुपर्नेमा थापाको जोड रहदै आएको थियो।

सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा हुन्छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् ।

यस्तै मानहुँ बनाउन स्थानिय यदुनाथ खनाल,हिरा थापा र बिरबहादुर थापा लगाएको पनि देन छ । स्थानिय निर्वाचन भएपछि वडा अध्यक्ष निर्वाचित भएपछि मोहनकुमार श्रेष्ठले पनि मानहुँ बनाउनका लागि मेहनत गर्नुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पहलमा सडकको ट्रयाक खोल्न बजेट हाल्दिएपछि विस्तारै त्यस ठाउको दिनहुँ फेरिदै गएको थियो।

पछि पनि पौडेलकै पहलमा कालोपत्रेका लागि १० करोड बजेट बजेट परेको थियो। चरणबद्ध रूपमा काम भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,